काठमाडौं । एमाले र माओवादी एकीकरणपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दक्षिण एशियाकै सबैभन्दा ठूलो वामपन्थी पार्टी बनेको छ । यो पार्टी इतिहासकै ठूलो पार्टीसमेत बनेको छ । एसियामा चीन र भियतनामपछि ‘नेकपा’ तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको छ । कम्युनिष्ट पार्टी स्थापना भएको ६९ बर्ष २५ दिनपछि सबै भन्दा ठुलो दल बनेको नेपाल कम्युनिष्ट पार्टी भएपछि एसियामा तेस्रो ठुलो दल बनेको हो ।
२०१९ सालमा नेपाल कम्युनिष्ट पार्टी विभाजित भएपछि सुरु भएको कम्युनिष्ट घटकको टुटफुट श्रृङ्खला मदन आश्रति स्मृति दिवसका अवसरमा टुंगिएको छ । २००६ सालमा पुष्पलाल श्रेष्ठ, निरन्जनगोविन्द वैद्य,नरवहादुर कर्माचार्य, नारायणविलाश जोशी र मोतिदेवी श्रेष्ठ संस्थापक रहनु भएको नेकपा २०१९ सालमा आएर बिभाजन भएको थियो । २०२८ सालमा तत्कालिन झापाली क्रान्तिकारीले सशस्त्र युद्धबाट एकीकरण गरेको नेकपा माले र २०४७ सालमा माले माक्र्सवादी मिलेर बनेको नेकपा एमालेले संसदीय धाराको नेतृत्व गरेको थियो ।
२०३४ सालमा मोहन विक्रम सिंहले पुनर्गठन गरेको नेकपा चौम पछिल्लो समय एकता केन्द्र हुँदै २०५२ सालमा माओवादी धारा बनेर सशस्त्र क्रान्तिको नेतृत्व गरेको थियो । दक्षिण एशियाको पहिलो, एशियाको तेस्रो ठूलो एसियामा चीन र भियतनामपछि ‘नेकपा’ तेस्रो ठूलो कम्युनिष्ट पार्टी बनेको छ ।
२०७४ साल असोज १७ गते चुनावी तालमेल र पार्टी एकताको घोषणा गरेका एमाले र माओवादी अन्ततः एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठक जीवनराज आश्रतिको स्मृति दिवस पारेर एकीकृत भएका हुन् । विभाजनका २० हजार ४४० दिनपछि नेपाल कम्युनिष्ट पार्टी एकीकरण भएको हो ।
पार्टी एकताको २ वर्षभित्रमा एकता महाधिवेशन हुने बताइएको छ । एमालेले जनताको बहुदलीय जनवाद र माओवादीले २१ औं शताब्दीको जनवाद भन्दै आएको थियो । जनताको बहुदलीय जनवाद र २१ औं शताब्दीको जनवाद दुवै विषयलाई आगामी महाधिवेशनमा बहसमा लैजाने बताइएको छ ।