सन्दीप लामिछानेले विश्व-११ बाट वेष्टइन्डिज विरुद्ध खेल्ने

सन्दीप लामिछानेले विश्व-११ बाट वेष्टइन्डिज विरुद्ध खेल्ने

काठमाडौं । नेपाली युवा स्पिनर सन्दीप लामिछाने वेष्ट इण्डिजविरुद्ध खेल्ने आईसीसी ‘वर्ल्ड ११’ मा परेका छन् । सन्दीप इङ्ल्याण्डको लर्डस मैदानमा विश्व ११ र वेस्ट इन्डिज टोली च्यारिटी म्याच खेल्दै छन्। इर्मा र मारिया नाम दिईएको हुरिकेन (आंधिबेरी) ले गतवर्ष वेस्ट इन्डिजमा भत्केको क्रिकेट संरचनाको पुनर्निर्माण गर्ने उद्देश्य सहित मे ३१ (जेष्ठ१७) मा उक्त खेल हुँदैछ। विश्व क्रिकेटका चर्चित अनुहारले भरिएको विश्व ११ ले वेस्ट इन्डिज टोलीको सामना गर्नेछ।

विश्व ११ मा पाकिस्तानका विष्फोटक ब्याट्सम्यान शाहिद अफ्रिदीसँगै शोहेब मलिक र श्रीलंकाका थिसारा परेरा पनि खेल्नेछन्। टोलीको कप्तानी इङ्लिस ब्याट्सम्यान इओन मोर्गानले सम्हाले छन्। यस्तै टिममा साहिद अफ्रिदी, तमिक इकवाल, दिनेश कार्तिक, रसिद खान, मिचेल म्याक्लेनेगन, सोयब मल्लिक, हार्दिक पाण्डेया, थिसारा परेरा, लुक रोन्ची छन् ।त्यस्तै वेस्ट इन्डिज भने कार्लोस ब्राथवेटको कप्तानीमा रहनेछ। जसमा स्यामुअल बद्री, कार्लोस ब्रेथवेट, क्रिस गेल, इभिन लुइस, मार्लोन स्यामुअल्स, एन्द्रे रसेल, सुनिल नारायनजस्ता टी ट्वान्टीको उत्कृष्ट खेलाडीहरु रहेका छन् ।