प्रदेश १ मा आज नयाँ सरकार बन्ने

प्रदेश १ मा आज नयाँ सरकार बन्ने

काठमाडौँ।प्रदेश १ मा आज नयाँ सरकार बन्ने भएको छ ।

सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आज ५ बजेसम्मको समय दिनुभएको छ । त्यसैअनुसार दलहरूले मुख्यमन्त्रीका लागि दाबी पेश गर्ने तयारी गरिरहेका छन् । नेकपा एमाले र माओवादी केन्द्र दुवैले मुख्यमन्त्रीमा दाबी गरेका छन् । ९३ सदस्यीय प्रदेश १ मा सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्दछ । नेकपा एमालेका ४०, नेपाली काँग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३ सांसद छन् । राष्ट्रिय प्रजातन्त्र पार्र्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका १ जना प्रदेशसभा सदस्य छन् ।