सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलको नेतामा कमल शाह सर्वसम्मत

सुदूरपश्चिम प्रदेश कांग्रेस संसदीय दलको नेतामा कमल शाह सर्वसम्मत

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा कमलबहादुर शाह सर्वसम्मत चयन भएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट निर्वाचित भएका शाह दलको नेतामा सर्वसम्मत चयन भएको प्रदेश महामन्त्री मेघराज खड्काले जानकारी दिए ।कांग्रेस संसदीय दलको नेतामा बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मेघराज खड्का, प्रकाश देउवासहितका ७ जनाले आकांक्षा राखेका थिए ।

सुदूर पश्चिममा नेपाली कांग्रेसका १९ जना सांसद छन्।