सुदूरपश्चिममा कांग्रेसले संसदीय दलको नेता आज छान्दै

सुदूरपश्चिममा कांग्रेसले संसदीय दलको नेता आज छान्दै

धनगढी, २० पुस।सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता छान्न नेपाली कांग्रसले निर्वाचन गर्ने भएको छ । १९ मध्ये सातजना प्रदेशसभा सदस्यले संसदीय दलको नेतामा दाबी गरेपछि कांग्रेसले सुदूरपश्चिम संसदीय दलको नेता छनौट गर्न आज निर्वाचन गर्ने भएको हाे ।

कांग्रेसमा संसदीय दलको नेता बन्न प्रदेशसभा सदस्य बहादुरसिंह थापा, दिवान सिंह विष्ट, कमलबहादुर शाह, प्रकाशबहादुर देउवा र मेघराज खड्का शिवराज भट्ट र मानबहादुर रावले दाबी गरेका छन् ।

निर्वाचनका लागि नेपाली कांग्रेस प्रदेश समितिले पाँच सदस्यीय निर्वाचन कमिटी गठन गरेको छ । कांग्रेस प्रदेश समितिका उप-सभापति लोकराज अवस्थीको संयोजकत्वमा बनेको निर्वाचन कमिटिमा प्रदेश उपसभापति जनकराज चौधरी, महामन्त्री नरनारायण शाह (मनु) तथा कांग्रेस प्रदेश सदस्यहरू सुरत रावत (डोटेली कान्छा) र रामबहादुर देउवा सदस्य छन् ।

सुदूरपश्चिम प्रदेश सभामा १९ सदस्यसहित कांग्रेस सबैभन्दा ठुलो दल हो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने बाँकी पाँच दलले भने सहमतिका आधारमा संसदीय दलको नेता छनौट गरि सकेका छन् ।