सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने जसपाको निर्णय

सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने जसपाको निर्णय

काठमाडौँ।जनता समाजवादी पार्टी (जसपा) ले सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको छ ।

हिजो सकिएको राजनीतिक समितिको बैठकमा जसपाका बहुसङ्ख्यक नेताले सरकारमा जानुपर्ने बताए पछि सम्मानजनक शक्ति बाँडफाँट भए सरकारमा जाने निर्णय गरेको हो । बैठकले सरकारको नीति तथा कार्यक्रममा परिवर्तनका एजेण्डा समावेश भए सरकारमा सहभागी हुने नभए सरकारमा नगइ अहिलेको सरकारलाई समर्थन गर्ने जसपाका नेता प्रकाश अधिकारीले सीआईएनसँग बताउनुभयो । बैठकले विभिन्न दल तथा संगठनसँग एकता तथा गठबन्धनका लागि वार्ता गर्न राजेन्द्र श्रेष्ठको संयोजकत्वमा रकम चेम्जोङ र गोविन्द चौधरी सदस्य रहेको वार्ता समिति बनाएको छ । यस्तै बैठकले चुनावमा अन्तर्घात गर्ने सङ्घीय परिषद् र केन्द्रीय सदस्यहरुबारे छानबिन गर्न शिवलाल थापाको नेतृत्वमा ५ सदस्यीय समिति बनाएको छ ।