सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक आज, सभामुख चयन कार्यतालिका प्रकाशित गर्ने कार्यसूची

सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक आज, सभामुख चयन कार्यतालिका प्रकाशित गर्ने कार्यसूची

धनगढी, १८ पुस।सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक आज (सोमबार) दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख देवराज जोशीले संविधानको धारा १८३ को उपधारा १ बमोजिम आह्वान गरेको पहिलो बैठक प्रदेशसभाका जेष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतमा बस्ने छ ।

बैठकमा शुभकामना आदानप्रदान गर्ने, सभामुखको निर्वाचनको कार्यतालिका प्रकाशित गर्ने र प्रदेशसभा नियमावली संशोेधनको प्रस्ताव सदनमा पेश गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताए । प्रदेशसभा सञ्चालनसम्बन्धी नियमावलीमा केही संशोधन गर्नुपर्ने देखिएकोले सोसम्बन्धी शंसोधन प्रस्ताव जान सक्ने सूचना अधिकारी जैशीले दिए ।

५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा कांग्रेसका १९, माओबादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादी पार्टीका ४, राप्रपाका एक जना र स्वतन्त्र १ जना सदस्य छन् ।