आर्थिक विकासमा बैंक तथा वित्तिय संस्था

आर्थिक विकासमा बैंक तथा वित्तिय संस्था

-सबिता भण्डारी-

बैंकिङ्ग प्रकृतिका अर्थतन्त्रमा वित्तिय साधन परिचालन गर्दछन् भने गैर बैंकिङ्ग प्रवृतिका संस्थाहरुले निश्चित श्रोतहरुको आधारमा वा करारयोग्य बचत संकलनको माध्यमबाट वित्तीय साधन परिचालन गर्दछन् । यस्ता बैंक तथा वित्तिय संस्थाहरु वित्तिय बजार र वित्तिय उपकरणको सामुहिक अस्तित्व नै मुुलुकको वित्तिय प्रणाली हो ।

आर्थिक विकासलाई मापन गर्ने विभिन्न परिसुचकहरु हुन्छन्, त्यस्ता परिसुचकहरुमा प्रति व्यक्ति आम्दानी, जीवनको भौतिक गुण सुचक जीवनका आधारभुत आवश्यकता सुचक, जनसांख्यीक सुचक आदि प्रचलनमा रहेका छन् । आर्थिक विकासमा बैंक तथा वित्तिय संस्थाहरुको भुमिकाको बारेमा चर्चा गर्दा माथि उल्लेख भएका सुचकहरुको आधारमा त्यस्ता संस्थाहरुको योगदानको चर्चा गर्नुपर्ने हुन्छ ।
मेरो विचारमा कुनै पनि मुलुकको तिव्र आर्थिक विकासको लागि सुदृढ स्वास्थ्य तथा समक्ष वित्तिय प्रणाली हुनु जरुरी छ । यद्यपि बैंक तथा वित्तिय संस्थाको जालो देशका कुनाकाप्चासम्म विस्तार हुन नसकेमा आर्थिक क्रियाकलापहरुको विस्तार हुन न सक्ने देखिन्छ ।

बैंक तथा वित्तिय संस्थाको भुमिका र योगदानः

१) पुँजी निर्माणमा वृद्धिः विकासोन्मुख देशहरुमा पूँजी निर्माणको दर न्यून स्तरमा रहेको हुन्छ । मुलुकको तिव्र आर्थिक वृद्धिको लागि पुँजी निर्माणको दर लाई उच्च बनाउन निकै आवश्यक हुन्छ । वास्तवमा बैंक तथा वित्तिय संस्थाले बीचमा कडिको काम गर्दछन् । यीनै माध्यमबाट देशको वासिन्दाको बचत गर्ने बानी बढ्न जान्छ ।

२ स्वरोजगारी अवसर को वृद्धिः बैंक तथा वित्तिय संस्थाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा योगदान गर्ने हुँदा बेरोजगारी, असमानता जस्ता समस्याबाट छुटकारा पाउने संभावना धेरै हुन्छ ।

३) गरिबी निवारणः बचत परिचालनको माध्यमबाट अर्थतन्त्रका विभिन्न क्षेत्रमा बैंक तथा वित्तिय संस्थाले लगानी गर्ने हुँदा कृषि व्यापार, उद्योग, सेवा आदि क्षेत्रमा रोजगारीका अवसर सिर्जना हुँदा यसबाट आय आर्जन तथा आर्थिक विकासमा वृद्धि हुँदा गरिबी निवारणमा सहयोग हुन्छ ।

४) उच्च आर्थिक वृद्धिदर हासिल गर्नः विकासोन्मुख देशहरुको ग्राहस्थ उत्पादन वृद्धि उच्च तथा दिगो हुन आवश्यक छ । केन्द्रीय बैँकले मौद्रिक निति कार्यान्वयन गरी व्याज दर घटाई आर्थिक व्यवस्थामा आर्थिक मन्दिको व्यवस्थापन हुन जरुरी छ ।

५) स्रोत र साधनको सही उपयोग : बैंक तथा वित्तिय संस्थाको अभावमा छरिएर रहेको सानो बचत परिचालन हुन नसक्दा बचतलाई उत्पादनमुलक क्षेत्रमा लगानी गरी विकासोन्मुख मुलुकमा रहेको दुर्लभ साधन र स्रोतको उच्चतम परिचालन गरेमा मुलुकमा रहेको दुर्लभ साधन र स्रोतको उच्चतम परिचालन गरेमा मुलुकको उद्यमशिलता मा समेत योगदान पुर्याउछ ।

६) प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्नः योजनावद्ध विकासको माध्यमबाट मात्र विकासोन्मुख मुलुकहरुको तिव्र आर्थिक विकास हुन सक्छ । कुनै पनि योजना निर्माण गर्दा उद्देश्य रणनीति तथा प्राथमिकताहरु लाई ध्यान राखी बैंक तथा वित्तीय संस्थाले लगानी गर्नु जरुरी रहेको हुन्छ ।

७) मुद्रा तथा पुँजी बजारको विकासमा योगदानः देशका दुर्गम भेगसम्म बैंक तथा वित्तीय संस्था स्थापना र विस्तार भएमा त्यस्ता ठाउँ सम्म गरिबी निवारणको लागि सहयोग पुग्दछ र आर्थिक क्रियाकलाप विस्तार हुन गई सन्तुलित विकास मा सहयोग पुग्दछ ।

८) मुद्रा तथा पुँजी बजार विकासमा योगदानः स्वदेशी तथा वैदेशिक लगानी आकर्षित गर्न देशमा मुद्रा तथा पुँजी बजारको विकास हुन आवस्यक रहेको हुन्छ । बैंक तथा पूँजी बजारको विकास हुन आवश्यक रहेको हुन्छ । बैंक तथा वित्तिय संस्थाले छरिएर रहेको बचतलाई संकलन गरी अनुत्पादकबाट उत्पादक बनाउन सहयोग गर्दछन् । यसै गरी अनुत्पादकबाट उत्पादक बनाउन सहयोग गर्दछन् । यस्ता संस्थाहरुले भौतिक सम्पत्तिका सट्टा वित्तिय सम्पतिमा लगानी गर्न उत्प्रेरित गर्दछन् । जसले गर्दा मुद्रा तथा पुँजी बजारको विकासमा दिगो भूमिका खेल्छ ।

९ं) अन्य भूमिकालाई देशभित्र वित्तिय संस्थाहरुको स्वस्थ प्रतिस्पर्धाले कर्जा लगानीको ब्याज दर घट्दछ जसबाट लगानी बढ्न जान्छ र आर्थिक क्रियाकलापमा सकारात्मक असर र प्रभाव पर्दछ । बैंक तथा वित्तिय संस्थाहरुको पहुँच गाउँसम्म पुग्न जाँदा स्थानीय जमिन्दार व्यापारी आदिको शोषणबाट जनतालाई मुक्त गराउँछ । विदेशमा रहेकाहरुले विप्रेषणवापतको रकम गाउँ गाउँ सम्म पुर्याउन एक ठाउँ देखि अर्को ठाँउ सम्म स्थानान्तरण गर्नुमा सहयोग पुर्याई अन्तर्राष्ट्रिय व्यापारको वृद्धि गराउन मदत पुर्याउँछ ।

तसर्थ केन्द्रीय बैंकको रुपमा रहेको नेपाल राष्ट्र बैंकले मौद्रिक निति मार्फत स्थायित्व कायम गर्दै आर्थिक वृद्धि एवं सम्वृद्धिकोृ लागि तरलता र वित्तिय स्वास्थ्य कायम गर्दै वित्तिय संस्थाहरुलाई मुलुकको आर्थिक वृद्धि उच्च पार्न प्रोत्साहन गर्ने गर्दछ । सरकारी वित्त नीति र मौद्रिक नीति विच उचित तालमेल मिलाउदै विकासको लागि अनुकुल वातावरण बनाउनमा केन्द्रीय बैंकको निकै महत्वपूर्ण योगदान रहेको हुन्छ ।

बैंक तथा वित्तिय संस्था सुदृढ, सक्षम तथा स्वस्थ्य नभए मुलुकको अर्थतन्त्र एवम् समग्र विकासमा योगदान पुग्न सक्दैन । त्यसैले मुलुकको आर्थिक विकास, गरिबि निवारण साधन र स्रोतको उच्च बचत तथा समृद्धि परिचालन जोखिमको न्यूनीकरण, उत्पादकत्व अभिवृद्धि प्रविधिका विकास, व्यापार विस्तार, मुद्रा तथा पुँजी बजारको विस्तार आदिमा बैंक तथा वित्तिय संस्थाहरुको गुणात्मक विकासको भूमिका र योगदान रहेको हुन्छ । तर वित्तिय क्षेत्र दिगो हुन वास्तविक क्षेत्र मजबुत हुन निकै जरुरी रहेको हुन्छ । आर्थिक विकास र वित्तिय क्षेत्र बिच राम्रो सम्बन्ध रहने कारण एक क्षेत्रले अर्काे क्षेत्रको विकास र स्थायित्वमा योगदान पुर्याउन अति आवश्यक रहेको हुन्छ । आर्थिक गतिविधिमा भईरहेको परिवर्तनमा राष्ट्र बैंकको निकै ठूलो भुमिका रहेको हुन्छ त्यसैले भइरहेको तरलता अभाव र वित्तिय व्यवस्थापनलाई नियन्त्रण गरी सहज वातावरण गराईदिनु निकै आवश्यक रहेको देखिन्छ ।

(लेखक राष्ट्रिय वाणिज्य बैंक, बुटवल रामनगर बजारमा  स. शाखा प्रबन्धक हुनुहुन्छ ।)