‘सिंहदरबारको अधिकार गाउँमा’ चुनावी नारामात्रै

‘सिंहदरबारको अधिकार गाउँमा’ चुनावी नारामात्रै

काठमाडौं । स्थानीय सरकार गठन भएको झन्डै एक बर्ष पुगेको छ । दुर्इ दशकसम्म जनप्रतिनिधिविहिन स्थानीय तह गठन हुँदा जनताले थुप्रै अपेक्षा राखेका थिए । तर, गत बर्ष निर्वाचनमार्फत आएका जनप्रतिनिधिको कामकाज आशातीत र सन्तोषप्रद हुन नसकेको गुनासो चुलिएको छ । यो खबर आजको नागरिक दैनिकले स्थानीय सरकारको एक बर्ष -‘सिंहदरबारको अधिकार गाउँमा’ चुनावी नारामात्रै शिर्षकमा मुख्य समाचार छापेको छ ।

लामो समयपछि स्थानीय तहले निर्वाचित जनप्रतिनिधि पाउँदा उनीहरुमा गाउँठाउँको विकास तीव्र गतिले हुने गहिरो विश्वास थियो । तर, ती पदाधिकारीको बर्ष दिनको कार्यशैली अहिले नागरिकका लागि अरुचिकर बनेको छ । जनप्रतिनिधिमा आश्वासन पूरा गर्ने जाँगर र तत्परताको अभाव भएको जनताको बुझाइ छ।