

काठमाडौँ । सरकारले आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते ल्याउने भएको छ । सरकारले संघीय संसद्को संयुक्त सदनमा जेठ ७ मा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने भएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ७ गते अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।