जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन

जसपा संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन

काठमाडौं, १३ पुस ।जनता समाजवादी पार्टी(जसपा) को संसदीय दलको नेतामा रामसहायप्रसाद यादव निर्विरोध चयन हुनुभएको छ ।

बुधबार सिंहदरबारस्थीत संसदीय दलको कार्यालयमा भएको निर्वाचन प्रक्रियाका क्रममा संसदीय दलको नेता चयनका लागि यादवको मात्र मनोनयन दर्ता भएपछि निर्विरोध चयन हुनुभएको हो । यसअघि दलको नेताका लागि सांसद अशोक राई र राज किशोर यादवले पनि दावी गर्नुभएको थियो ।

संसदीय दलको नेता चयन भएपछि यादवले पार्टीको जिम्मेवारीका साथै संसदीय दलको जिम्मेवारी पार्टीको नीति र सिद्धान्तबमोजिम पुरा गर्ने बताउनुभयो । उहाले राजनीतिक समितिको बैठकले नै सरकारमा सहभागी हुने वा नहुने निर्णय गर्ने धारणा राख्नुभयो । यादवले निर्वाचनमा पार्टीको मत नघटेको दावी गर्दै पार्टीमाथि आएको थप चूनौति सामना गर्न पार्टीलाई संगठीत रुपमा अघि बढाउने उल्लेख गर्नुभयो । यसअघि पार्टीले अघि सारेका जनताको माग र मुद्धालाई सशक्त रुपमा अघि बढाउने उहाको भनाइ छ ।

सांसद यादव बारा क्षेत्र नं. २ बाट नेकपा एमालेको समर्थनमा निर्वाचित हुनुभएको थियो ।