साप्ताहिक राशिफल हेर्नुहोस्ः जेठ १ गतेदेखि ६ गतेसम्म तपाईंको साताको भाग्यादेश

साप्ताहिक राशिफल हेर्नुहोस्ः जेठ १ गतेदेखि ६ गतेसम्म तपाईंको साताको भाग्यादेश

मेष: (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तपाईंको यो साता यस्तो छ

आफ्नै राशिमा रहेको चन्द्रमाका साथमा प्रारम्भ हुने भएकाले यो साता सुखद र सन्तुलित हुने संकेत छ । महत्वाकाङ्क्षा र इच्छाहरू पूर्ण हुनेछन् । लाभदायक वस्तुको किनमेल र कारोबार गरिने छ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । आर्थिक लाभ हुनेछ । परिवारमा मेलमिलापको बातावरण कायम हुनेछ । घरायसी वातावरण आफ्नै पक्षमा रहनेछ । मन प्रसन्न रहनेछ । मित्र र सहयोगीले सकेसम्म सहयोग गर्नेछन् । मानप्रतिष्ठा र ख्याति बढ्ने समय आएको छ । सामाजिक काममा संलग्न हुनु पर्नेछ । घुमघाम र भेटघाटको समय छ, मेवामिष्ठान्न र परिकार मिल्नेछ । छरछिमेकी वा नातागोताको कामधन्दा गर्दा सन्तुष्टि प्राप्त हुनेछ। समग्रतामा राम्रो परिणाम प्राप्त हुनेछ । यस समयको जति सदुपयोग गर्नुहुनेछ त्यत्ति नै लाभकारी हुने सङ्केत छ । द्रव्यलाभका योग देखिन्छन् । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ । कर्म बलवान देखिन्छ । धन र पराक्रम स्थान सबल रहने भएकाले आर्थिक समृद्धिका योग देखिन्छन् । प्रेममा सफलता प्राप्त हुनुका साथै सुखद् यात्राका अवसर पनि मिल्ने देखिन्छ । स्वास्थ्यको क्षेत्र सबल रहनेछ ।

बृष: (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) तपाईंको यो साता यस्तो छ

साताको प्रारम्भ अनुकूल छैन, शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । यतिबेला तपार्इंलाई नै भनेर कुनै ठूलो सहयोग सद्भाव मिल्न कठिन छ । मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ, खर्चको मात्रा बढ्न सक्छ । विचार गरेर काम गर्नुहोला । तर मङ्गलबारपछि साताको उत्तरार्द्ध राम्रो छ, निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले सरसहयोग गर्नेछन् । धनधान्यको प्राप्ति हुने छ । कारोबार र व्यवसायको उन्नतिका लागि प्रयास गरिने छ । मनमा केही कमी भएझैं लागे पनि समग्रमा यो साता लाभकारी नै हुनेछ, मन दोधार नबनाउनु होला, नत्र राम्रा अवसरलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । शत्रु पक्ष सबशल रहने भएकाले सचेत रहनु नै श्रेयस्कर देखिन्छ । बुधबार लाभदायी रहनेछ । कार्यलाभका साथै आर्थिक उन्नतिका योग देखिन्छन् । अध्ययनको क्षेत्र उन्नतिकारक रहनेछ । शत्रु पराजित हुने छन् । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नेछ । धनको क्षेत्र बलवान रहने भएकाले आर्थिक दृष्टिले साता सबल रहने देखिन्छ ।

मिथुन: (का, कि, कु, घ, ङ, छ, के, को, ह) तपाईंको यो साता यस्तो छ

मिश्रित प्रभाव भएको साता छ, मध्यभागमा आर्थिक पक्ष कमजोर देखिन्छ । साताको प्रारम्भमा बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा सहयोग पुर्याउने छन् । अपूरा कार्य पूर्ण हुनेछन् । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ र त्यस पाटोका काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । मङ्गलबारदेखि बिहीवारसम्म ठूला आशा र महत्वाकांक्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ । नचाहेको जिम्मेबारी वहन गर्नुपर्ने छ । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्तित हुने सम्भावना छ । रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ । जुवाजन्य कामबाट जोगिनुहवस् । खर्चको मात्रा बढ्न सक्छ । सप्ताहान्तमा आफ्नै राशिमा रहने चन्द्रमाले शुभफल प्रदान गर्नेछ । भौतिक वस्तुबाट विशेष लाभ हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । अध्ययनको क्षेत्र सबल रहनेछ । मंगल र बुधबार खर्चमा वृद्धि हुनुका साथै शत्रुभय रहनेछ । बुधबारदेखि उताको समय उन्नतिकारक रहनेछ । कीर्ति वृद्धिका साथै सामाजिक कार्यमा अभिरुचि रहनेछ । मित्र लाभका साथै कार्यमा उन्नतिको योग देखिन्छ ।

कर्कट: (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) तपाईंको यो साता यस्तो छ

व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुने समय आएको छ, तर चिन्तनमूलक काम र अध्ययन, अध्यापन एवं लेखनका क्षेत्रमा बाधा छ । राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । व्यापारबाट सोचेजस्तै मुनाफा प्राप्त हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोष मिल्नेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । गरेका कामबाट सन्तुष्ट भइन्छ । शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । पठनपाठनमा प्रगति हुनेछ । खानपिनका परिकार प्राप्त हुने र विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ । तर साताको अन्त्यमा खर्चबृद्धि हुने योग छ, प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै तनावको सामना गर्नुपर्ने छ । बहकाउने र फुुस्ल्याउनेहरूले फँसाउन सक्छन्, कुनै पनि कागजपत्रमा नपढी सहीछाप नगर्नु होला । बिहीबार सम्मको समय उत्तम रहनेछ । आय आर्जनका स्रोत बढ्नेछन् । मित्र लाभका साथै पारिवारिक सुख मिल्नेछ । प्रेमजीवन सबल र सफल रहनेछ । आर्थिक उन्न्तिका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुनेछ । सामाजिक कार्यमा मन जानेछ । अध्ययनमा रुचि जाग्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । शुक्र र शनिबार संघर्षमयी रहनेछन् । कार्यमा अवरोधका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ ।

सिंह: (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) तपाईंको यो साता यस्तो छ

साताको प्रारम्भमा भाग्यस्थानमा चन्द्रमाको उपस्थिति छ, त्यसैले अहिलेको समय पूर्णतया तपाईंको पक्षमा रहने छ । चिट्ठा र सट्टापट्टाबाट लाभ हुनेछ । अप्ठ्यारो परिस्थितिमा सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुनेछ । लामो दूरीको यात्रामा निस्कन वा यातायातको साधन किन्न अनुकूल छ । धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भुमिका रहनेछ । टाढा रहेका आफन्तजनको उन्नति र प्रगतिको समाचार सुन्न पाउनु हुनेछ । सानो प्रयासले रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेका लागि प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । धैर्यधारण गरी परिश्रम गर्ने समय हो । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । अभिभावकवर्ग, गुरुजन र ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । साता सुन्दर र सफल रहनेछ । मित्रजनको साथ सहयोगले कार्यमा उन्नति हुने देखिन्छ । पारिवारिक साथ सहयोगल प्राप्त हुनेछ । अध्ययनमा रुचि जाग्नुका साथै व्यवसायमा पनि वृद्धि हुनेछ । धन प्राप्तिका योग देखिन्छन् । शत्रु निर्वल रहनेछन् । पराक्रम बढ्नुका साथै बोलीको विशेष प्रभाव रहनेछ । भौतिक वस्तु लाभदायी रहने छन् । प्रेममा सफलता प्राप्त हुनुका साथै आय आर्जनका अवसर प्राप्त हुने देखिन्छ ।

कन्या: (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) तपाईंको यो साता यस्तो छ

अष्टम भावमा रहेको चन्द्रमाका साथमा प्रारम्भ भएको साता हुनाले यस समयमामम गर्नु नपर्ने कामबाट जोगिने बेला हो, छोटो दूरीको निरर्थक यात्राको योगसमेत देखिन्छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । हरबखत सजग एवं सचेत भई कार्य गर्नु होला । गर्न बाँकी काम पनि मङ्गलबारसम्म थाती राख्नु नै बेस हुनेछ । मङ्गलबारपछि छात्रछात्रालाई भोजन प्रदान गरेमा भाग्यबल बढ्ने छ र रोकिएका काम बन्न थाल्नेछन् । धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । घरायसी सम्बन्ध राम्रै रहने छ । कामको दायित्व थपिने छ । सार्वजनिक हीत र परोपकारका क्षेत्रमा सक्रियता बढ्नाले प्रशंसा प्राप्त हुने योग छ । परिवारभित्रै वा छरछिमेकमा धार्मिक कार्य सम्पन्न हुनेछ, जसमा तपाईंको सक्रिय भूमिकाको खोजीहुनेछ । कार्यमा अवरोध रहनुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ । शत्रु पक्ष सबल रहनेछन् । मंगलबारबाट भने समय उन्नतिकारक रहनेछ । सामाजिक कार्यमा रुचि जाग्नेछ । काम बन्नुका साथै आर्थिक उन्नतिका अवसर पनि प्राप्त हुनेछन् । धार्मिक कार्यमा रुचि जाग्नेछ । भौतिक वस्तुबाट विशेष लाभ रहनेछ । पारिववारिक सुख मिल्नुका साथै सुखद् यात्राका योग देखिन्छन् ।

तुला: (र, रि, रु, रे, रो, ता, ति, तु, ते) तपाईंको यो साता यस्तो छ

साताको प्रारम्भ मनोरञ्जक समय रहने छ, सोचेजस्तै सफलता प्राप्त हुनेछ । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि अनुकूल छ । तर साताको मध्यभाग कष्टप्रद रहने संकेत छ, विगतमा आफूले गरेका कमीकमजोरीको नकारात्मक नतिजा देखा पर्नसक्छ । परिवारका सदस्य अस्वस्थ हुनसक्छन् । घरेलु समस्यामै अल्मलिएर समय व्यतीत हुनेछ । लामो दूरीको यात्रामा ननिस्कनु राम्रो हुन्छ । अनावश्यक र झर्को लाग्दो यात्रा हुने सम्भावना छ । काममा ढिलासुस्ती हुने योग छ, त्यसैले सानो कमजोरी वा भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । तर सप्ताहान्तमा भाग्यमा चन्द्रमा पुग्नाले पुनः जोश र जाँगर बढ्ने छन् । हाँकेका ताकेका काममा सफलता मिल्नेछ । सामाजिक मान प्रतिष्ठा मिल्नुका साथै मनमा कार्य गर्ने उत्साह छाउनेछ । व्यवसायमा वृद्धि हुने देखिन्छ । मित्र सहयोग मिल्नुका साथै अध्ययन अध्यापनका क्षेत्रमा पनि सफलता हात पर्नेछ । जलीय पदार्थबाट विशेष लाभ रहनेछ । आमदानीका स्रोत बढ्ने छन् । मंगल र बुधबार भने कार्यमा अवरोध आउनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

बृश्चिक: (तो, ना, नि, नु, ने, नो, या, यि, यु) तपाईंको यो साता यस्तो छ

राम्रो समय छैन, यद्यपि साताको मध्यभाग सन्तोषजनक रहने देखिन्छ । साताको प्रारम्भमा काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न समस्या आइलाग्न सक्छन् । झिनामसिना कामका लागि पनि निक्कै खट्नु पर्छ । भरिसक्य मुद्दामामिला र झैझगडाबाट टाढा रहनु होला, निर्णय क्षमताले काम नगर्न सक्छ । मङ्गलबारदेखि बिहीवारसम्म दाम्पत्य जीवन असल हुनेछ वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । प्रेममा सफलता प्राप्त हुने योग छ । सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ, कतै छोटो दुरीको विशिष्ट र लाभदायी यात्रा पनि हुन सक्छ । छलफल, वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ । तर साताको अन्त्य अनुकूल रहने छैन, चोटपटक र हातहतियारको जोखिम देखिन्छ, सचेत रहनु होला । वृश्चिक राशिका लागि साताको पूर्वाद्र्ध लाभदायी रहनेछ । व्यवसायमा वृद्धि हुनेछ । पराक्रम बढ्नुका साथै अध्ययन अध्यापनका क्षेत्रमा सफलता मिल्नेछ । खेल क्षेत्रमा अभिरुचि रहनेछ । मित्रजनको साथ सहयोगले कार्यमा उन्नति हुने देखिन्छ । प्रेममा सफलता प्राप्त हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । विहीबारबाट भने कार्यमा अवरोधका साथै स्वस्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।

धनु: (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) तपाईंको यो साता यस्तो छ

यो साता विद्यार्थीहरुले आफ्नो क्षमता प्रदर्शन गरी स्याबासी पाउने समय हो । अन्य सबैका लागि समेत भौतिक सुविधाको दीर्घकालिक जोहो गर्ने अवसर र मौका देखापर्ने छन् । चिन्तन र बौद्धिकताको क्षेत्रमा राम्रो छ । तर साताको उत्तरार्द्ध अनुकूल देखिंदैन, समय चुनौती र परीक्षणका रूपमा देखा परेको छ । साथीभाइ टाढिने र व्यवहार पनि शत्रुतापूर्ण हुने सम्भावना छ । पुख्र्यौली सम्पत्तिको विवादले अझ धेरै तनावको सिर्जना हुनसक्छ । प्रतियोगिताबाट निराशा हात लाग्नेछ । तार्किक र बौद्धिक क्षेत्रबाट सफलता लिन सकिंदैन । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला । बन्दव्यापार र उद्योगधन्दामा बेफाइदा हुनेछ । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । शुक्रबारपछि रोमान्टिक मुडको उदय हुनेछ । घुमघाम र भ्रमण वा पर्यटनको अनुकूलता मिल्नेछ । धनु राशिका लागि साता मंगलमयी रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । अध्ययनमा रुचि जाग्नुका साथै कार्यप्राप्तिको योग पनि देखिन्छ । आर्थिक क्षेत्र लाभदायी रहनेछ । धार्मिक कार्यमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । कार्य लाभका साथै पारिवारिक साथसहयोग प्राप्त हुने देखिन्छ । प्रेम जीवन सबल र सफल रहनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छन् ।

मकर: (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) तपाईंको यो साता यस्तो छ

साताको प्रारम्भमा घरायसी काममा बोझ बढेको अनुभूति गर्नेछन्, तर विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । उता घरमा बस्नेले अनावश्यक दौडधुप गर्नु पर्नेछ । काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन् । नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । मङ्गलबारपछि बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । धनलाभ हुने सङ्केत छ । शत्रुहरू पराजित हुनेछन् । सृजनात्मक सफलता मिल्नेछ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुनेछ । नयाँ योजना कार्यान्वयन हुनेछन् । मानसम्मानमा बृद्धि हुनेछ । महत्वपूर्ण ठाउँमा बोली बिक्नेछ । बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् । साताको अन्त्यमा झैझगडा र कलहको योग छ । कार्यमा उन्नति हुँदै जानेछ । आर्थिक उन्नतिका साथै व्यवसायमा वृद्धि हुनेछ । अध्ययन अध्यापनको क्षेत्र सफल रहने देखिन्छ । व्यापारमा वृद्धि हुनुका साथै नयाँ कार्य थालनीको योग पनि देंिखन्छ । भौतिक वस्तुबाट विशेष लाभ रहनेछ । सुखद् यात्राका योग पनि देखिन्छन् । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै भूधन लाभदायी रहने देखिन्छ ।

कुम्भ: (गु, गे, गो, सा, सि, सु, से, सो, द) तपाईंको यो साता यस्तो छ

पराक्रममा बृद्धि गर्ने र प्रसिद्धि बढाउने समय हो । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने त्यसका लागि अनुकूल समय आएको छ । तर साताको उत्तरार्द्धमा राम्रो समय छैन । आफूमुनिका परिवारजनसँगको आत्मीयतामा कमी आउनसक्छ । मित्रको व्यवहार पनि शत्रुतापूर्ण हुनेछ । शुक्रबारपछि परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिनाले समय र धन खर्च हुनेछ । आफूस्वयंलाई अस्वस्थताको अनुभव हुनेछ, पाचनप्रणालीमा हुने गडबडीले पिरोल्न सक्छ । यद्यपि साताको अन्त्यमा ज्ञानमूलक क्षेत्रमा शुभ परिणाम प्राप्त हुनेछ, सन्तति वा भाइबहिनीले खुसी तुल्याउने छन् । कुनै महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्दै हुनुहुन्छ भने गोप्य राखेमा सफलता पाउनुहुनेछ । कुम्भ राशिका लागि साता लाभदायी रहनेछ । आय आर्जनका अवसर प्राप्त हुनेछन् । श्रीवृद्धिका साथै व्यापार व्यवसायबाट पनि लाभ हुने देखिन्छ । अध्ययनमा रुचि जाग्नेछ । पारिवारिक सुख मिल्नु्का साथै सुखद् यात्राका योग पनि देखिन्छन् । धातुजन्य वस्तुबाट विशेष लाभ रहने देखिन्छ । सामाजिक कार्यमा अभिरुचि रहनेछ । मंगल र बुधबार शारीरिक आलश्यता बढ्नुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ ।

मीन: (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) तपाईंको यो साता यस्तो छ

व्यवसायिक क्षेत्रमा बोलीको कदर हुने समय छ । वाणि र व्यवहारप्रति विपरीत लिङ्गीको आकर्षण बढ्नेछ । जोस र जाँगर बढ्नेछ । धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । भौतिक सम्पत्तिको जोहो हुनेछ । दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ । आध्यात्मिक भावनाको विकास हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले भाग्यबलमा अभिबृद्धि हुनेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् ।समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । आम्दानीमा कमी आउने छैन । तर सप्ताहान्तमा घरेलु समस्यामा बृद्धि हुनेछ, आफन्तका बीचमा मनमुटाव र कलहको योग छ, धैर्य र संयम हुनुपर्छ । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि यो साता सन्तोषजनक रहने छ । मीन राशिका लागि साता अर्थदायी रहनेछ । आय आर्जनका अवसर प्राप्त हुनेछन् । स्वास्थ्य लाभका साथै मित्रसहयोग मिल्ने देखिन्छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययनमा पनि सफलता हात पर्नेछ । कला मनोरञ्जनका क्षेत्रमा विशेष रुचि रहनेछ । सुखद् यात्राका योग देखिन्छन् । प्रेम जीवन सुखद् रहनेछ । बिहीबारबाट स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।