

काठमाडौं, ११ पुस।नेपालका ४४औं प्रधानमन्त्रीका रुपमा पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास शीतल निवासमा सोमाबार आयोजित कार्यक्रममा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाएकी हुन् ।
उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधव नेपाल, डा. बावुराम भट्टराईलगायतको उपस्थिति थियो ।प्रधानमन्त्री प्रचण्डले सपथ लिएलगत्तै उपप्रधानमन्त्रीका रुपमा एमालेका नेता विष्णु पौडेल, नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि सपथ लिएका छन् ।