अधिनायकवादकाे सपना देखे एमाले माअाेबादीकालागि याे अन्तिम चुनाव हुने छ : कांग्रेस

अधिनायकवादकाे सपना देखे एमाले माअाेबादीकालागि याे अन्तिम चुनाव हुने छ : कांग्रेस

काठमाडाैँ, २२ कार्तिक । वाम गठवन्धनका नाममा व्ववस्था परिवर्तन गर्ने तथा कम्युनिष्ट अधिनायकको सपना देखे एमाले र माओवादीको लागि यो अन्तिम चुनाव हुने काँग्रेसको चेतावनी दिएको छ ।

काँग्रेसले संविधान विस्थापन गरेर कम्युनिष्ट अधिनायकवादतर्फ अघी बढ्न खोजे देशभरका स्वतन्त्रताप्रेमी र लोकतन्त्रवादीहरुले एमाले र माओवादीलाई समाप्त पार्ने काँग्रेसले चेतावनी दिएको हो ।

नेपाली काँग्रेसको केन्द्रिय निर्वाचन परिचालन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक बालकृष्ण खाँडले भने, ‘कम्युनिष्ट शासन ल्याउने दिवास्वपन देख्ने तथा निरंकुश लाद्ने सपना देख्नुहुन्छ भने यो चुनाव एमाले र माओवादीका लागि अन्तिम चुनाव हुन्छ । एमाले र माओवादीका साथीहरु सुध्रेर आउनुस नत्र अर्को चुनावमा उमेद्वार बन्ने मान्छे पनि पाउनुहुन्न ।’

कम्युनिष्ट गठवन्धनको नाममा संविधान वदल्ने, व्यवस्था बदल्ने, निरंकुश र अधिनायकवाद लाद्ने दिवास्वप्न देख्नेहरु आफै सकिन्छन् खाँणले भने ।

पत्रकार सम्मेलनमा खाँणले भने, ‘ लोकतन्त्र र स्वतन्त्रताको विरोधमा रहेका एमाले र माओवादीका धेरै नेताको जमानत जफत हुन्छ ।’

नेपाली काँग्रेसले एमाले र माओवादीले जस्तो देशलाई प्रयोगशाला हैन सबैले गौरव गर्न सक्ने नेपाल बनाउने बताए ।

एमालेका अध्यक्ष केपी शर्मा ओली विरुद्ध नेता खाँण आक्रमक रुपमा प्रस्तुत भएका थिए । उनले भने, ‘एक भेगका समुदायको पक्षपोषण गर्ने नाममा अर्को समुदायको मानिसलाई होच्याउन र वहिष्करणमा राख्ने काम गर्ने एमाले कसरी राष्ट्वादी हुन्छ ?’

खाँणले प्रश्न गर्दै भने एमाले राष्ट्रवादको नाममा नेपालको राष्ट्रियता बलियो बनाउन नभइ झन कमजोर बनाउन लागेको छ ।

एमालेको कथित राष्ट्रवादले देशलाई जोड्ने भन्दा पनि तोड्ने उनको भनाई थियो । माटोको रक्षा गरेर बसेका तराई मधेशका जनतालाई एमालेले हेपेको खाँणले बताए ।

नेपालको सार्वभौमसत्ता बचाएर राखेका भूमिपुत्रहरुलाई देशको अर्को भुभागमा उभिएर गाली गरेर के राष्ट्रियता बलियो हुन् सक्छ खाँणले प्रश्न गरे ?

देशमा साम्प्रदायिक सद्भाव भड्काउन खोज्नेहरुले राष्ट्रियतामाथि धावा वोलेका छन् उनले भने । मार्क्सको फोटो टासेर पार्टी चलाउनेहरु कोहि पनि राष्ट्रवादी हुनै सक्दैनन । खाँणले सबै आम मतदातालाई निर्वाचनमाा भाग लिन आह्वान गरे ।

विदेशमा रहेका नेपालीहरुलाई पनि मतदान दिन पाउने व्यवस्थाका लागि काँग्रेसले निर्वाचन आयोगमा आग्रह गरेपनि प्रविधीका कारण पनि यो पटक गर्न नसकेको जानकारी गराएको खााँणले बताए ।

खाँणले अर्को चुनावदेखि विदेशमा रहेका नेपालीहरुलाई मतदान दिने व्यवस्था मिलाउन आयोगले विश्वास दिलाएको र सोको व्यवस्था मिलाउन काँग्रेस लाग्ने बताए ।

खाँणले चुनावमा समानुपातिकतर्फ ४५ प्रतिशत मत ल्याउने र ८० सिट भन्दा वढी प्रत्यक्षमा पनि जित्ने दावी गरे ।