राशिफल वैशाख ३१ गते सोमबार तपाईंको भाग्यादेश यस्तो छ

राशिफल वैशाख ३१ गते सोमबार तपाईंको भाग्यादेश यस्तो छ

मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तपाईंको भाग्यादेश यस्तो छ

आय बढ्नुका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ । हिम्मतले काम बनाउन सकिने छ । ईष्र्या गर्नेहरूको मनोबल कमजोर हुनेछ । सानो प्रयत्नले ठूलो फाइदा हुनेछ । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ ।

बृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) तपाईंको भाग्यादेश यस्तो छ

स्वास्थ्यमा बाधा, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुनेछ । आर्थिक सङ्कटको निवारण हुनेछ । तर समय र नियमको अनुशासनलाई उल्लङ्घन गर्नु हुँदैन । टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ ।

मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह) तपाईंको भाग्यादेश यस्तो छ

मित्रलाभ, पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ ।लगनशील बन्दा पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नतापनि मिल्नेछ ।

कर्कटः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) तपाईंको भाग्यादेश यस्तो छ

प्रियलाभ, कान्तिवृद्धिका साथै सन्तान सुख मिल्नेछ ।प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सफल भइनेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

सिंहः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) तपाईंको भाग्यादेश यस्तो छ

काम गर्दा सोचेभन्दा राम्रो परिणाम प्राप्त हुने छ । द्रव्यलाभ, परात्रम बढ्नुका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।

कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) तपाईंको भाग्यादेश यस्तो छ

मान हानि, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुनेछ । आत्मबल र हिम्मत बढाएर काम गर्न सके आजको दिनलाई राम्रो बनाउन सकिने छ । नयाँ कामको जिम्मेवारी प्राप्त हुनेछ । दूरदराजम आफन्तसँग आत्मीयताबढ्ने छ ।

तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते) तपाईंको भाग्यादेश यस्तो छ

आय बढ्ने, मित्र लाभका साथै भौतिक वस्तुबाट उन्नति हुनेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । प्रेम वा मित्रताको बन्धन कसिनेछ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।

बृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु) तपाईंको भाग्यादेश यस्तो छ

आर्थिक लाभ, व्यापार बढ्नुका साथै प्रेममा सफलता मिल्ने देखिन्छ । रकम तथा भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । यात्रा गर्ने अवसर जुट्नुका साथै आतिथ्यता प्राप्त होला ।

धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) तपाईंको भाग्यादेश यस्तो छ

कीर्ति लाभ, श्रीवृद्धिका साथै धार्मिक कार्यमा रुचि जाग्न्नेछ । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिने छ । रचनात्मक कार्यमा जुट्दा प्रशस्तै फाइदा हुने समय छ । सन्तति वा आफ्नो प्रतिभा प्रदर्शन गरी प्रशंसा तथा प्रसिद्धि पाउने समय छ ।

मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) तपाईंको भाग्यादेश यस्तो छ

रोग बढ्ने, कार्य हानिका साथै आर्थिक उतारचढाव रहनेछ । एकोहोरो र निराशापूर्ण मनोभावको उदय हुने छ । चिन्ता, शङ्का र छटपटी बढाउने सङ्केत छ । पारिवारिक स्वास्थ्यमा निगरानी गरेको जाति हुनेछ ।

कुम्भः (गु, गे, गो, सा, सि, सु, से, सो, द) तपाईंको भाग्यादेश यस्तो छ

विद्या लाभ, आय बढ्नुका साथै जलीय पदार्थबाट लाभ रहनेछ ।रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । कामका लागि गरिएको भ्रमण लाभदायक रहने छ ।

मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) तपाईंको भाग्यादेश यस्तो छ

व्यापार बढ्ने, कार्य सुखका साथै रमाइलो दिन रहनेछ । विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै होला । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ ।