चीनमा एक महिनामा कोरोना सङ्क्रमण दर उच्च विन्दुमा पुग्ने प्रक्षेपण

चीनमा एक महिनामा कोरोना सङ्क्रमण दर उच्च विन्दुमा पुग्ने प्रक्षेपण

काठमाडौं ।चीनमा कोरोना सङ्क्रमण दर आउँदो महिना उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरिएको छ ।

शून्य कोभिड नीति लगभग सकिएको अवस्थामा सङ्क्रमितको सङख्या भने तीव्रगतिमा बढिरहेको र यो दर एक महिनामा उच्च विन्दुमा पुग्ने प्रक्षेपण गरिएको बीबीसीले जनाएको छ । यसले अस्पतालमा दबाब बढिरहेको खबरमा उल्लेख छ । चीनमा हिजोमात्रै २ हजारभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण उच्च रहे पनि परीक्षण दर भने कम छ ।