डेब्यूपछि सन्दिपले के भने (भिडियोमा हेर्नुहोस्)

डेब्यूपछि सन्दिपले के भने (भिडियोमा हेर्नुहोस्)

रोयल च्यालेन्जर्स बैंग्लोर विरुद्धको खेलमा डेब्यू गरेका नेपाली युवा बलर सन्दिप लामिछानेले मौका पाएकोमा खुसी देखिएका छन्। नेपाली खेलाडी सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा प्रभावशाली सुरुवात गरेका छन् । सन्दिपले चार ओभर बलिङ गर्दै ६।२५ को औशतमा २५ रन खर्चिएर १ विकेट पनि लिए । यो खेलमा सन्दिप सबैभन्दा किफायती बलर समेत बने । सन्दिपले आफ्नो दोस्रो ओभरमा पार्थिव पटेललाई एलबीडब्ल्युको धरापमा पारे ।

पहिलो ओभरमा सन्दिपले तीन वटा डट बल फाल्दै ६ रन दिएका थिए । टिमको तेस्रो र आफ्नो दोस्रो ओभरमा सन्दिपले चौथो बलमा पार्थिव पटेललाई एलबीडब्ल्युको धरापमा पारे । उनले दोस्रो ओभरमा ५ रनमात्र दिए । रोयल च्यालेञ्जर्स बैंग्लोरविरुद्ध पहिला ब्याटिङ गर्दै १८१ रनको योगफल रक्षा गर्ने क्रममा सन्दिपले किफायती ओपनिङ गरेका थिए । तर दिल्ली ५ विकेटले पराजित भयो