मोदीको अभिनन्दनपत्रमा रञ्जना लिपि

मोदीको अभिनन्दनपत्रमा रञ्जना लिपि

काठमाडौं , ३० बैशाख – काठमाडौं महानगरपालिकाद्धारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रदान गरिएको अभिनन्दनपत्रमा नेपाल सम्वत् र रञ्जना लिपिको पनि प्रयोग गरिएको पाइएको छ । रञ्जना लिपि ऐतिहासिक शिलालेखहरुमा प्रयोग गर्दै आएको लिपि हो । अभिनन्दनपत्रमा दुई ठाउँमा रञ्जना लिपिको प्रयोग गरिएको छ । यो खबर आजको नेपाल समाचारपत्र दैनिकबाट लिएका हौं ।

अभिनन्दनपत्र र काठमाडौं महानगरपालिकाको शब्द ठूलो अक्षरमा रञ्जना लिपिमा लेखिएको छ । महानगरपालिकाले नेपाली भाषाका अतिरिक्त नेपाल भाषा र रञ्जना लिपिको प्रयोग र संरक्षण गर्दै आएको अन्तराष्ट्रियस्तरमा प्रवाह गर्न अभिनन्दन पत्रमा त्यही भाषा र लिपिको प्रयोग गरिएको बुझिएको छ ।