विदेशबाट ल्याइएको मोबाइलमा नयाँ व्यवस्था

विदेशबाट ल्याइएको मोबाइलमा नयाँ व्यवस्था

काठमाडौं, ३० बैशाख – व्यक्तिगत रुपमा विदेशबाट ल्याइएको मोबाइल दूरसञ्चार प्राधिकरणले तोकेको संख्या अनुसार एमडीएमएस प्रणालीमा दर्ता गर्न सकिने छ । वेवसाइट एमएमएस अथवा मोबाइल एप्लिकेसनमार्फत विदेशबाट ल्याएको मोबाइल पनि दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ । यो खबर आजको गोरखापत्र दैनिकबाट लिएका हौं ।

प्राधिकरणले यसरी विदेशबाट ल्याउन सक्ने मोबाइलको परिणाम भने वार्षिक रुपमा तोक्न सक्छ । सर्वसाधारणलाई वेवसाइट अथवा एसएमएस मार्फत पनि एमडीएमएस प्रणालीमा मोबाइल दर्ता भएको वा नभएको जानकारी प्राधिकरणले दिन्छ ।

मोबाइलको आईएमईआई नम्बर लग इन गरेपछि एमडीएमएस प्रणालीले उक्त मोबाईल सेतो वा कालो कुन सूचीमा छ, त्यसको जानकारी उपलब्ध गराउने छ । यदि मोबाइलको उक्त नम्बर सूचीमा नभए उक्त मोबाईल अबैध रुपमा वा चोरीका रुपमा भित्रिएको पत्ता लाग्ने छ।