प्यूठान, ३० वैशाख । भलुबाङ–प्यूठान सडक अन्तर्गत प्यूठानको बड्डाँडामा यात्रुवाहक बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।महेन्द्रनगरबाट प्यूठानको खलंगातर्फ जाँदै गरेको ना ४ ख १८७६ नम्बरको महाकाली यातायातको बस आइतबार बिहान प्यूठानको सरुमारानी गाउँपालिका बड्डाँडा पाकुरी खोलामा दुर्घटना भएको हो । बड्डाँडाबाट २ किमि उत्तरमा हेडलाइट र स्टार्ट बन्द भएपछि बस दुर्घटना भएको बसमा सवार एक यात्रुले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार ३ महिला र २ पुरुषको दुर्घटनामा परि मृत्यु भएको भएको छ भने २५ जना घाइते भएका छन् । बस आज बिहान २ बजेतिर सडकबाट २ सय मिटर तल खसेको बताइएको छ । घाईते २० जना मध्ये ४ जनालाई उपचारका लागि बुटवल पठाइएको छ । १६ जनाको जिल्ला अस्पताल प्यूठानमा उपचार भइरहेको छ । स्थानीय, प्रहरी, सशस्त्र प्रहरी बलको टोली पुगेर उद्धार गरेको थियो।