मेरी बास्सैका ‘बल्छी ध्रुबे’ले गरे करुणासंग विहे

मेरी बास्सैका ‘बल्छी ध्रुबे’ले गरे करुणासंग विहे

काठमाडाैँ। टेलिसिरियल मेरीबास्सैबाट ‘बल्छी ध्रुबे’को नामले परिचित मरिचमान श्रेष्ठ आज बैबाहिक बन्धनमा बाधिएका छन् ।

गोर्खाका बल्छि ध्रुबेले लमजुङकी करुणा नामकी आफ्नी प्रेमीकासंग आज काठमाडाैँस्थित म्हेपि मन्दिरमा बिबाह गरेका हुन् । यो जोडीले झण्डै छ बर्ष लामो प्रेम सम्बन्धलाई बिबाहमा परिणत गरेको हो ।

मेरीबास्सैमा यतिबेला बिबाहकै प्रसंगमा केटी खो्ज्न हिडिरहेको कथामा अभिनय गरिरहेका बल्छीले सिरियल भित्र केटी खोज्नका लागी गाउँले धेरैको सहयोग लिईरहेको भए पनि बास्तबिक जिवनमा भने सुटुक्क बिबाह गरेका छन् । बल्छी ध्रुबेले आफ्नी नव विवाहित दुलहिसंग आफ्नो जन्मघर गोर्खा प्रस्थान गरेका छन् ।