खुसिको खबर ! आईपिएलमा सन्दिपको एेतिहासिक डेब्यु

खुसिको खबर ! आईपिएलमा सन्दिपको एेतिहासिक डेब्यु

काठमाडाैँ,२९ बैशाख । इन्डियन प्रिमियर लिगका लागि भारतमा रहेका सन्दिप लामिछाने पहिलो पटक आज प्लेइङ ११ मा परेका छन् । इन्डियन प्रिमियर लिग आईपीएलमा आज दिल्ली डेयर डेभिल्स र रोयल च्यालेन्जर्स बेङ्लोर बिच प्रतिस्पर्धा हुदैछ। खेलमा बेङ्लोरले टस जितेर पहिले फिल्डिङ रोजेको छ । यो खेल नेपालको लागि एेतिहासिक बनेको छ । यो खेलबाट नै नेपाली स्टार स्पिनर सन्दिप लामिछानेले अाईपिएलमा डेब्यु गर्दै छन् ।

आफनो क्षमता विश्वमाझ देखाउने उपयुक्त मौका सन्दिपले आज पाएका छन् । आजको खेलमा विदेशी खेलाडी ट्रेन्ट बोल्टलाई आराम दिइएको छ ।

उनको स्थानमा सन्दिपलाई टिममा राखिएको छ । यस्तै टिममा तीन विदेशी खेलाडीलाई बाहिर राखिएको छ ।

लिगमा ११ खेल खेलेको दिल्ली प्लेअफबाट करिब बाहिरीसकेको छ । उसले कुल ३ खेलमा मात्र जित निकाल्न सकेको छ ।

टिमको तालमेल राम्रो नहुदा एकपछि अर्को हार ब्यहोरेको दिल्लीमा २० लाख भारुमा अनुबन्ध भएका सन्दिपलाई आज पहिलो मौका मिलेको छ ।