कांग्रेसकाे सातै प्रदेशमा मिडिया सेन्टर (कहाँ कहाँ राख्दैछ हेर्नुहाेस)

कांग्रेसकाे सातै प्रदेशमा मिडिया सेन्टर (कहाँ कहाँ राख्दैछ हेर्नुहाेस)

काठमाडाैँ, २२ कार्तिक । नेपाली काँग्रेसले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि सातै प्रदेशमा मिडिया सेन्टर शुरुवात गर्ने भएको छ ।

स्थानिय चुनावको वेलामा शुरु गरेको मिडिया सेन्टरलाई काँग्रेसले विस्तार समेत गरेको छ । काँग्रेसले सातै प्रदेशमा मिडिया सेन्टर स्थापना गरि प्रचारका कामलाई चुस्त बनाउन लागेको हो ।

काँग्रेसले प्रदेश नम्वर १ को मिडिया सेन्टर इटहरी, प्रदेश नम्वर २ को मिडिया सेन्टर जनकपुर र बीरगञ्जमा, प्रदेश न ३ को मिडिया सेन्टर चितवन, प्रदेश नम्वर ४ को पोखरामा, प्रदेश नम्वर ५ को वुटवल र नेपालगञ्जमा, प्रदेश नम्वर ६ को सुर्खेत र प्रदेश नम्वर ७ को धनगढीमा मिडिया सेन्टर स्थापना गरिने केन्द्रिय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले जानकारी दिए ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि नेपाली काँग्रेसले केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेपछिको पहिलो पत्रकार सम्मेलनमा काँग्रेस नेता तथा केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक खाँणले सो जानकारी गराएका हुन् ।

पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रचार प्रसार उपसमितिका सहसंयोजक बद्री पाण्डे एमालेले संविधान प्रतिको अनास्था देखाएको बताए । यो संविधानलाई असफल बनाएर विस्थापित गर्दै अर्को संविधान ल्याउने खेल एमालेले गरेको पाण्डेको आरोप छ । एमालेका गतिविधीले उनीहरु यो संविधानलाई च्यात्नेतर्फ उद्दत भएको पाण्डेले अाराेप लगाए ।