भारतीय प्रधानमन्त्री मोदीले क्रिकेटर सन्दिपको यसरी गरे प्रशंसा

भारतीय प्रधानमन्त्री मोदीले क्रिकेटर सन्दिपको यसरी गरे प्रशंसा

काठमाडौं, २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आईपीएलमा आवद्ध भएका नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेको प्रशंसा गरेका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा रहेका मोदीले काठमाडौं महानगरपालिकाले आयोजना गरेको नागरिक अभिनन्दन समारोहमा क्रिकेटर लामिछानेको प्रशंसा गरेका हुन् ।

मोदीले भने– ‘नेपाली क्रिकेटर सन्दिप लामिछाने पहिलो पटक आईपीएलमा पुगेको मैले सुनेको छु, नेपाल पनि आईपीएलमा जोडिएको छ । क्रिकेट मात्र होइन अन्य खेलकुदमा पनि दुई मुलुकका खेलाडीबीच यस्तै हुनुपर्छ ।’

१७ वर्षीय लेग स्पिनर सन्दिप आईपीएल टोली दिल्ली डेयरडेभिल्समा भारु २० लाखमा अनुबन्धित भएका थिए । आईपीएलको ११ खेल खेलिसक्दा दिल्लीले अहिलेसम्म सन्दिपलाई प्लेइङ सेटमा राखेको छैन । दिल्लीले आज रोयल च्यालेञ्जर्स बैंगलोरसँग घरेलु मैदानमा खेल्दैछ । आजको खेलमा सन्दिपलाई दिल्लीले प्लेइङ सेटमा राख्ने सम्भावना रहेको खेल विश्लेषकहरु बताउछन् ।