भारतीय प्रम मोदीबाट मुक्तिनाथमा पूजा

भारतीय प्रम मोदीबाट मुक्तिनाथमा पूजा

मुक्तिनाथ, २९ वैशाख । नेपालको राजकीय भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुक्तिनाथ मन्दिरमा विशेष पूजाआजा गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीलाई पुजारी कृष्णप्रसाद सुवेदी र झुमा कर्साङ गुरुङले मन्दिरभित्र करीब २० मिनेट पूजा गराउनुभएको थियो । भारतीय प्रधानमन्त्रीले षोडषोपचार विधिबाट पूजा गर्नुभएको थियो ।
भारतीय प्रधानमन्त्री करीब डेढ घण्टा मुक्तिनाथ क्षेत्रमा रहनुभएको थियो । उहाँ आज बिहान पूजार्चनाका लागि विशेष हेलिकप्टरबाट मुक्तिनाथ मन्दिर पुग्नुभएको थियो । उहाँ आजै अहिले बिहान काठमाडौँ फिर्ता भइसक्नु भएको छ ।