काठमाडौँ, २१ कार्तिक । नेपाली कांग्रेसले आसन्त प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि केन्द्रिय निर्वाचन परिचालन समितिलाई पूर्णता दिएको छ ।
कांग्रेस केन्द्रिय कार्यसमितिका सदस्य बालकृष्ण खाँणको संयोजकत्वमा ७५ सदस्यीस परिचालन समिति गठन गरेको हो ।
समितिमा कांग्रेस केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डे, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडु, कमला पन्त, धनराज गुरुङ्ग, पुष्पा भुषाल, मिन विश्वकर्मा लगायत रहेका छन् ।
यस्तै समितिमा पत्रकार महासंघका महासचिव रमेश विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्रि सिग्देल, प्रेस युनियनका पूर्व अध्यक्ष समिरजंग शाहलाई पनि समितिमा राखिएको छ ।