यस्तो छ मोदीको आज (शनिबार)को भ्रमण तालिका

यस्तो छ मोदीको आज (शनिबार)को भ्रमण तालिका

काठमाडौं, २९ वैशाख । नेपालको दुई दिने राजकीय भ्रमणका लागि हिजो आउनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज दोस्रो दिन मुक्तिनाथ मन्दिर दर्शनका साथै पशुपनिताथको दर्शन तथा पूजा गर्ने कार्यक्रम छ ।

यस्तो छ मोदीको आज (शनिबार)को भ्रमण तालिका:

-बिहान ६ः०० मुक्तिनाथ जानका लागि विमानस्थल प्रस्थान
-६ः२० मुक्तिनाथ प्रस्थान
-७ः५० मुक्तिनाथ दर्शन
-८ः३० मुक्तिनाथबाट हेलिकप्टरमा जोमसोम प्रस्थान
-८ः५० जोमसोम अवरण
-९ः०० जोमसोमबाट काठमाडौं प्रस्थान
-१०ः२० काठमाडौं अवतरण
-१०ः३० विमानस्थलबाट दर्शनका लागि सीधै पशुपतिनाथ मन्दिर प्रस्थान
-११ः३० होटल हायात प्रस्थान
-१२ः५० हायातमा लन्च
-२ः००-२ः३० नोपलका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीसँग भेटवार्ता
-२ः३० महाराजगञ्ज, चावहिल हुँदै राष्ट्रिय सभागृहका लागि प्रस्थान
-२ः४५-३ः३० नागरिक अभिनन्दन
-३ः४५ नयाँ बानेश्वर, तीनकुने हुँदै स्वदेश फिर्ताका लागि त्रिभुवन विमानस्थल प्रस्थान
-४ः०० नयाँ दिल्ली