मेष राशिः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शनिबारको भाग्य
अपव्यय, मान हानिका साथै कार्यमा अवरोध रहनेछ ।
वृष राशिः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) शनिबारको भाग्य
मित्र लाभ, कीर्तिवृद्धिका साथै यात्राको योग देखिन्छ ।
मिथुन राशिः (का, कि, कु, घ, ङ, छ, के, को, ह) शनिबारको भाग्य
आय बढ्ने, धन लाभका साथै आर्थिक उन्नति हुनेछ ।
कर्कट राशिः (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शनिबारको भाग्य
श्रीवृद्धि, कीर्ति लाभका साथै पारिवारिक सुख मिल्नेछ ।
सिंह राशिः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शनिबारको भाग्य
धन लाभ, व्यापार बढ्नुका साथै सुखद् यात्राको योग देखिन्छ ।
कन्या राशिः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) शनिबारको भाग्य
गृह सुख, विद्या लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।
तुला राशिः (र, रि, रु, रे, रो, ता, ति, तु, ते) शनिबारको भाग्य
व्यापार बढ्ने, कार्य प्राप्तिका साथै जलीय पदार्थबाट लाभ हुनेछ ।
वृश्चिक राशिः (तो, ना, नि, नु, ने, नो, या, यि, यु) शनिबारको भाग्य
कान्ति वृद्धि, आय बढ्नुका साथै कीर्तिलाभ हुनेछ ।
धनु राशिः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) शनिबारको भाग्य
रोग बढ्ने, मान हानिका साथै कार्यमा अवरोध रहनेछ ।
मकर राशिः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) शनिबारको भाग्य
कार्यलाभ, आर्थिक उन्नतिका साथै यात्राको योग देखिन्छ ।
कुम्भ राशिः (गु, गे, गो, सा, सि, सु, से, सो, द) शनिबारको भाग्य
पराक्रम बढ्ने, श्रीवृद्धिका साथै सामाजिक कार्यमा लगाव रहनेछ ।
मीन राशिः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) शनिबारको भाग्य
मित्र लाभ, धन प्राप्तिका साथै रमाइलो दिन रहनेछ ।