गाेरखा, २१ कार्तिक । वाम गठबन्धनबाट समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी नेत्री सुशीला सिम्खडा सवार मोटरसाइकलबाट प्रहरीले बन्दुक बरमाद गरेको छ ।
मंगलबार भीमसेन गाउँपालिका ३ धावामा गर्दै आएको निर्वाचन विशेष चेकजाँचका क्रममा सिंखडा सवार बा ७३ प ३३८६ नम्बरको मोटरसाइलमा नाइन एमएम पेस्तोलसहित ३ राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी प्रकाश अधिकारीले जानकारी दिए ।
मोटरसाइकलमा ल्याइएको झोलामा हतियार भेटिएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक भीमसेन गाउँपालिकाका गुणप्रसाद खनाल भने अहिले फरार रहेको अधिकारीले जानकारी दिए ।
यसबारे उमेद्वार र सम्बन्धित पार्टी र गठबन्धनका नेताहरुसँग थप सोधपुछ भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले चेकजाँच गरेको थाहा पाएपछि पेस्तोल भएको झोला फालेर चालक फरार भएका हुन् ।