

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुईदिने राजकीय भ्रमणका लागि तेस्रोपटक नेपाल आउँदै छन् । उनको यात्रा प्रदेश २ को राजधानी जनकपुरबाट आजदेखि सुरु हुँदैछ ।
पहिलो दिन, वैशाख २८ को तालिका
-पटनाबाट जनकपुर आउने (बिहान ९:३०–१०:००)
-जानकी मन्दिरमा पूजाअर्चना, प्रधानमन्त्री ओलीसँग संयुक्त रुपमा रामायण सर्किट उद्घाटन
-बाह्रबिघामा नागरिक अभिनन्दन
-१:३० भित्र काठमाडौं आइपुग्ने
-एयरपोर्टबाट हयात होटल
-टुँडिखेलमा गार्डअफ अनर
-उपराष्ट्रपति र राष्ट्रपतिसँग शिष्टाचार भेट
-द्वारिका होटलमा प्रधानमन्त्रीसँग एक्लाएक्लै र डेलिगेसन स्तरमा दुईपक्षीय छलफल
-स्विच थिचेर अरूण तेस्रोको शिलान्यास, संयुक्त वक्तव्य जारी
-प्रधानमन्त्री ओलीका तर्फबाट रात्रिभोज
दोस्रो दिन, वैशाख २९ को तालिका
-बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मुक्तिनाथ प्रस्थान
-मुक्तिनाथमा पूजापछि जो मसोम प्रस्थान
-जोमसोमबाट फेरि काठमाडौं
-पशुपतिनाथ मन्दिरमा पूजाअर्चना
-द्वारिकाज होटलमा राजनीतिक भेटघाट
-भारतीय राजदूतको दिवाभोजमा सहभागी
-भोजपछि राजनीतिक भेटघाट
-राष्ट्रिय सभागृहमा काठमाडौं महानगरका तर्फबाट नागरिक अभिनन्दन
-दिउँसो ४ बजे भारतीय सेनाको विशेष विमानबाट नयाँदिल्ली फिर्ती