

विराटनगर – काठमाडौं साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हतकाण्डमा पक्राउ परेका अधिकांश अभियुक्तले अदालत समक्ष बयान फेरेका छन् । मोरङ प्रहरीको न्यायिक हिरासतमा रहेका ३० जना अभियुत्तहरुले बयान फेरेका हुन् । यो खबर आजको नेपाल समाचारपत्रबाट लिएका हौँ ।
पाँच दिन लगाएर जिल्ला अदिालत मोरङको ६ म्बर इजलासमा न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा अभियुत्तले बयान दिएका थिए । बयान फेर्नेमा प्रहरी जवानदेखि, एयरलाइन्सका कर्मचारी व्यापारी, तस्करीमा संलग्न गिरोहसमेत रहेका छन् ।
अदालतमा आठ प्रहरीसहित अधिकांश अभियुक्तले यसअधि छानबिन समितिलाई दिएको भन्दा फर बयान दिएको सरकारी वकिलको कार्यालय मोरङका जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले जानकारी दिए ।