प्रतिभाशाली पूर्णिमा, छाेटाे समयमै पाँच सयभन्दा बढी गीत गाउन सफल

प्रतिभाशाली पूर्णिमा, छाेटाे समयमै पाँच सयभन्दा बढी गीत गाउन सफल

काठमाडौं, ५ कात्तिक।गायिका पूर्णिमा लामाले अहिलेसम्म पाँंच सयभन्दा बढी गीत गाउन सफल भएकी छिन् । नेपाली सुगम संगीत क्षेत्रकी परिचित गायिका लामा सानै उमेरदेखि गीतसंगीत क्षेत्रमा लाग्दै आएकी छिन् । उनी डेढ दशकदेखि निरन्तर नेपाली गीतसंगीत क्षेत्रमा क्रियाशिल पनि छिन् ।

नेपाली गीतसंगीत क्षेत्रको चम्किलो ताराको रुपमा स्थापित भइसकेकी गायिका लामा असाधारण क्षमताकी बहुप्रतिभाशाली गायिका समेत हुन् । लामाले हालसम्ममा झन्डै पाँचभन्दा बढी गीत गाइसकेको बताइन् ।लामाले गीतसंगीत क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै राष्ट्रियस्तर संघसंस्थाहरूबाट विभिन्न समेत पाइसकेकी छिन् । हालसम्म एक दर्जनौभन्दा बढी अवार्ड प्राप्त गरिसकेको उनी बताउँछिन् ।

डेढ दशकदेखि गीतसंगीत क्षेत्रमा निरन्तर सक्रिय लामाले गाएको मुटु जली खरानी भो…, फुल भनौँ जिन्दगीलाई…, साँचो माया…, कसले बुझ्ने…, चोखो माया जस्ता दर्जनौँ गीच गाएकी छिन् । उनले नेपालमा मात्रै नभएर हङकङ, कोरिया, दुबाइ, कतार, मलेसियालगायत देशमा समेत पुगेर आफ्नो प्रस्तुति दिइसकेकी छिन् ।