१२ राशिको फलः वैशाख २६ गते बुधबार तपाईंको भाग्यादेश हेर्नुहोस्

१२ राशिको फलः वैशाख २६ गते बुधबार तपाईंको भाग्यादेश हेर्नुहोस्

मेष: (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ । कर्म प्राप्ति, द्रवयलाभका साथै अर्थोपार्जनको योग देखिन्छ ।

बृष: (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

व्यवसायमा वृद्धि, मित्राभका साथै प्रियजनबाट प्रशंसा मिल्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउने छ ।

मिथुन: (का, कि, कु, घ, ङ, छ, के, को, ह)

भौतिक वस्तुबाट लाभ, काम बन्नुका साथै यात्राको योग देखिन्छ । आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ ।

कर्कट: (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । अपव्यय, आर्थिक उतारचढाबका साथै मनमा अस्थिरता रहनेछ ।

सिंह: (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । विद्या लाभ, आय बढ्नुका साथै प्रेममा सफलता मिल्नेछ ।

कन्या: (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आर्थिक लाभ हुनेछ । वस्त्र लाभ, मान बढ्नुका साथै बोलीमा ओज बढ्नेछ ।
जीवनसँगीसित रहेको वैचारिक मतभिन्नताको समाप्ति हुनेछ ।

तुला: (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । व्यापार बढ्ने, काम बन्नुका साथै जलीय पदार्थबाट लाभ हुनेछ ।

बृश्चिक: (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्वास्थ्य बाधा, व्ययमा वृद्धिका साथै शारीरिक आलश्यता रहनेछ । कुनै नयाँ काम गर्नुछ भने जान्नेबुझ्ने वा ठूलाबडाको सहयोग लिनु राम्रो हुन्छ ।

धनु: (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

कर्म प्राप्ति, आय बढ्नुका साथै मित्र सुख मिल्नेछ । ताकेको काममा आफन्तहरूले राम्रो सहयोग र सद्भाव प्रदान गर्नेछन् ।

मकर: (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

धन वृद्धि, कार्य प्राप्तिका साथै धातुजन्य वस्तुबाट लाभ रहनेछ । आभूषण, श्रृङ्गार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् ।

कुम्भ: (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मीष्ठान्न लाभ, काम बन्नुका साथै मनमा प्रशन्नता रहनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ ।

मीन: (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यवसायिक जीवन यथावत रहने छ । शत्रु पीडा, कार्य हानिका साथै बोलीमा विकार रहनेछ ।