सिटिजन लाइफ इन्स्योरेन्सको बनेपा शाखा विस्तार

सिटिजन लाइफ इन्स्योरेन्सको बनेपा शाखा विस्तार

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बनेपाको चारदोबाटोमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार (वैशाख २४ गते) कम्पनीका अध्यक्ष श्री प्रदिप जंग पाण्डे ज्यूले शाखाको समुद्घाटन गर्नु भयो । उहांले कम्पनीले हाल सम्म गरेको उपलव्धी र भावी कार्ययोजना अनुसारको लक्ष्य हासिल गर्न ग्राहकको आवश्यता अनुरुपको नविनतम योजनाहरु ल्याएर कम्पनीलाई सेवा मुखी वनाउने कुरामा जोड दिनु भयो ।

समुद्घाटन कार्यकम्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री पोषक राज पौडेलले बीमा वजारको संभाव्यता र कम्पनीको योजनाको बारेमा जानकारी गराउनुभएको थियो । यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ । साथै कम्पनीले यसअघि बजारमा प्रचलित सावधिक, योजना बजारमा ल्याएको थियो ।
कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना गा्रहकवर्गलाइ जीवन बीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।