

काठमाडौं । नेपाली कांग्रेसले समानुपातिक तर्फका १ सय १० जना उम्मेदवार तय गरेको छ । जसमा कांग्रेसका केन्द्रीय सदस्यद्वय गोविन्द भट्टराई र चन्द्रमोहन यादवले भने समानुपातिक उम्मेदवार फिर्ता लिएका थिए ।
खस आर्य पुरुषको १ नम्बरमा प्रवक्ता प्रकाशशरण महतको नाम छ भने महिलातर्फ केन्द्रीय सदस्य काठमाडौंकी अम्बिका बस्नेतले स्थान पाएकी छिन् । यस्तै कांग्रेसले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको अन्तिम बन्दसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाको नाम खसआर्यको महिला तर्फको तेस्रो नम्बरमा राखिएको छ ।
यस्तै गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुको नाम छैटौं नम्बरमा छ । महिला तर्फ पहिलो नम्बरमा काठमाडौंकी बस्नेत र दोस्रो नम्बरमा झापाकी सरीता प्रसाईं छिन् । यसैगरी पुरुषतर्फ पहिलो नम्बरमा कांग्रेस प्रवक्ता महतको नाम राखिएको छ भने,दोस्रोमा बसन्त भट्टराई र तेस्रोमा आनन्द प्रसाद ढुंगाना छन् ।
यस्तै आदिवासी जनजाति पुरुषतर्फ एक नम्बरमा पूर्व उपसभापति गोपालमा न श्रेष्ठ र केन्द्रीय सदस्य सरस्वती बजीमयको नाम राखिएको छ । यस्तै दलित महिलातर्फ पहिलो नम्बरमा केन्द्रीय सदस्य शान्ति परियार र पुरुषतर्फ सहमहामन्त्री जीवन परिवारको नाम रहेको छ ।
असोज १६ गते कांग्रेसले संशोधित सूची निर्वाचन आयोगमा बुझाएको थियो । त्यसअघि नेपाली कांग्रेसले लगातार २४ घण्टासम्म छलफल गरेर समानुपातिकका उम्मेदवारहरुमा सहमति जुटाएको थियो ।
यस्तो उम्मेदवारको अन्तिम सूची :
खस – आर्य पुरुष
प्रकाश सरण महत
वसन्त भट्टराई
आनन्द प्रसाद ढुंगाना
गोविन्द भट्टराई
त्रैलोक्य प्रताप सेन
डिल्ली ब बहादुर कार्की
दामोदर गौतम
किरण गिरी
मिन भाम
भिम थपलिया
वालकृष्ण पाण्डे
जयपति रोकाय
नरेश वहादुर सिह
सरोज कुमार थापा
सरेन्द्र दाहाल
शिवराज जोशी
खडानन्द खनाल
खस – आर्य महिला
अम्बिका बस्नेत
सरिता प्रसाईं
डा.आरजु राणा देउवा
ईश्वरी न्यौपाने
प्रतिमा गौतम
मन्जु खाँण
कान्तिका सैजुवाल
मैना रावल कार्की
रमा कोइराला
उमा दाहाल
मधु शाही
भद्रा भण्डारी
प्रसिस महरा
किरण कोइराला
भावना शाही
मृदुला कोइराला
अम्बिका शर्मा
आदिवासी जनजाति पुरुष
गोपालमान श्रेष्ठ
केशरमान रोक्का
सन्दिप राना
गोपाल सिं राजभण्डारी
कृष्ण धर्ती मगर
मनोहर नारयण श्रेष्ठ
कमोट फागो
अईन्द्र केरुङ्ग
मोहन राई
दिनेश राई
सनत मुर्मु
कालु मेचे
जगत बहादुर तामाङ
लाल बहादुर गुरुङ्ग
ललित सिंह बोहरा
भीम श्रीस
आदिवासी जनजाति महिलातर्फ
सरस्वती बजीमय
लिला बोखिम
सीता राना मगर
शुलिता थिङ
सपना भण्डारी
माया राई
कुशुम थापामगर
मनोरमा शेरचन
अन्जनी श्रेष्ठ
रिनुका काउचा मगर
कृष्णा आमात्य
सरु लामा
मधु जगेवु
विन्दा आले राना
गीता सेन्दाङ
निर्मला वस्नेत तामाङ
दलित पुरुषतर्फ
जीवन परियार
लोक बहादुर सुनार
हरिशरण नेपाली
गोविन्द परियार
मुक्त वहादुर महते
डम्बर सुनार
महा सहनाई नेपाली (पिछडिको क्षेत्र)
दलित महिलातर्फ
शान्ति परियार
रुपा विक
सिता मिजार
आशा विक
विष्णुमाया परियार
फुलो देवी दास
देवीका नेपाली
कोपिला विक
मधेसी पुरुष
विमलेन्द्र निधि
अनिल रुंगटा
रामचन्द्र तिवारी
सकल देव सुतियार
हरेकृष्ण घोस
अयोधा प्रसाद यादव
शम्भु चौहान
नवल कशोर यादव
मधेसी महिलातर्फ
नगिना यादव
मुक्ता कुमारी यादव
चन्दा चौधरी
निनु कुमार कर्ण
संगिता मण्डल
अनिता यादव
सुष्मा तिवारी
मिनाक्षी झा
प्रियंका कुमारी दास
थारुतर्फ पुरुष
योगेन्द्र चौधरी
चुम नारायण तवेदार
फिरु राना
थारुतर्फ महिलातर्फ
कल्पना चौधरी
विना थनेत
जीवन राना थारु
शुशिला चौधरी
मुस्लिमतर्फ पुरुषतर्फ
फरमुल्लाह मन्सुर
अब्दुल सतार
मुस्लिमतर्फ महिलातर्फ
जावेदा खातुन जागा
दिल क. सुवेदी (कमाल)
नजवुल खान