सिट बाँडफाँटमा असन्तुष्टिकैबीच सत्ता गठबन्धनबीच सोमबार पनि छलफल

सिट बाँडफाँटमा असन्तुष्टिकैबीच सत्ता गठबन्धनबीच सोमबार पनि छलफल

काठमाडौैं, १७ असोज।सिट बाँडफाँटमा असन्तुष्टिकैबीच सत्ता गठबन्धनबीच सोमबार पनि छलफल भएको छ ।

दशैका बेला पनि दलहरु सहमतिको प्रयास स्वरुप बालुवाटारमा छलफलमा जुटेका हुन् । लामो समयदेखि सिट बाँडबाटबारे छलफल गरिरहेको भए पनि अझैसम्म पनि टुंगो लाग्न सकेको छैन । सिट बाँडफाँटको टुङ्गो लगाउन पाँच दलीय गठबन्धनको बैठक लगातार बसिरहेको छ ।

बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सिट बाँडफाँटकै विषयमा छलफल गरेका छन् । जनता समाजवादी पार्टी (जसपा) ले अन्य राजनीतिक दलहरूसँग पनि चुनावी तालमेल खुला गर्ने निर्णय यसअघि नै गरिसकेको छ । जसपाले सिट बाँडफाँटमा असन्तुष्टि जनाएको छ ।