गठबन्धनले आज सिट बाँडफाँडबारे सहमति गर्ने सम्भावना

गठबन्धनले आज सिट बाँडफाँडबारे सहमति गर्ने सम्भावना

काठमाडौं, ११ असोज।सरकारमा रहेका राजनीतिक दलहरूको गठबन्धनले आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँडमा आज सहमति गर्ने सम्भावना रहेको नेताहरूले दावी गरेका छन् ।

सहमति अघि सिट बाँडफाँड गर्न गठित कार्यदलको बैठक बिहान बस्ने एकीकृत समाजवादी पार्टीका प्रचार विभाग प्रमुख जगन्ननाथ खतिवडाले बताउनुभयो । उहाँका अनुसार कार्यदलमा छलफल भएपछि शीर्ष तहमा सहमति गरिनेछ । नेपाली काँग्रेस भित्रको विवादको प्रभाव सिट बाँडफाँडमा देखिएको अरु दलहरूको निष्कर्ष छ । सरकारमा सहभागी काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा आगामी चुनावमा सहमति गरेर जाने रणनीतिमा छन् । कार्यदलका एक सदस्यका अनुसार नेपाली काँग्रेस प्रतिनिधि सभातर्फ ८५ सिट लिन सहमत देखि