अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा कर्माछिरिङ शेर्पा विजयी भएका छन् । प्रतिद्वन्द्वी मणि कुँवरलाई ५१ मतको फराकिलो अन्तरले हराउदै शेर्पा विजयी भएका हुन् ।
शनिबार सम्पन्न निर्वाचनको परिणामअनुसार अध्यक्षमा शेर्पाले ६३ मत प्रपाप्त गरे भने उनका प्रतिद्वन्द्वी मणि कुँवरले जम्मा १२ मत प्राप्त गरे । उपाध्यक्ष र कार्यसमिति सदस्यमा पनि शेर्पाको सम्पूर्ण प्यानल नै विजयी भएको छ । अध्यक्षसहित ४ उपाध्यक्ष र ११ केन्द्रीय कार्यसमिति सदस्य रहने एन्फामा शेर्पाको प्यानलको एकलौटी विजयी भएको हो ।