थप ६६ जनामा कोरोना संक्रमण पुष्टि, १३७ संक्रमित कोरोनामुक्त

थप ६६ जनामा कोरोना संक्रमण पुष्टि, १३७ संक्रमित कोरोनामुक्त

काठमाडौं । नेपालमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार १ सय ९० पिसिआर परिक्षणका क्रममा ५९ जना र २ हजार ७२ एन्टीजेन परिक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३७ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा १ हजार ४ सय ५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।