साफ च्याम्पियनसीपको उपाधि बंगलादेशलाई, नेपाल फेरि चुक्यो

साफ च्याम्पियनसीपको उपाधि बंगलादेशलाई, नेपाल फेरि चुक्यो

काठमाडौं, ३ असोज।काठमाडौंमा सम्पन्न छैटौं संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ । सोमबार दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा नेपाललाई हराउँदै बंगलादेशले पहिलो पटक उपाधि कब्जा गरेको हो ।

सोमबारको फाइनल खेलमा बंगलादेशले नेपालविरुद्ध ३-१ गोलको जित हासिल गरेको छ । खेलको ७०औं मिनेटमा नेपालकी अनिता बस्नेतले गोल गरे पनि नेपाल बंगलादेशसामू दुई गोलले पछि रह्यो। अनिताले गोल गरेको ६ मिनेटमै बंगलादेशले तेस्रो गोल थपेको थियो ।

यसअघि नै बंगलादेशकी साम समुन्नहरले १३औं र ४२औं मिनेटमा श्रीमती कृष्णरानी सरकारले गोल गरेकी थिइन् । अन्तिम नतिजासँगै साफ महिलाले नयाँ विजेताको रुपमा बंगलादेशलाई पाएको छ ।