

जनकपुर । प्रदेश नम्बर २ को सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउँदा सार्वजनिक बिदा गर्ने निर्णय भएको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले मोदी आउने दिन वैशाख २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
‘मुख्यमन्त्री लालबाबु राउतका अनुसार मोदीकोृ सम्मानमा र आम मान्छेलाई जनकपुर आउन सजिलो होस् भनेर बिदा दिने निर्णय गरिएको हो ।