शान्तिको खेलमा ज्ञानगंगा बिजयी

शान्तिको खेलमा ज्ञानगंगा बिजयी

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिता अन्तरगत आज आइतबार भएको खेलमा ज्ञानगंगा पाठशाला बिजयी भएको छ । गिर्वाण सरस्वती संस्कृत तथा साधरण मा.वि. लाई ८–० को गोल अन्तरले हराउदै ज्ञानगंगा अघिल्लो चरणमा प्रवेश गरेको हो ।

ज्ञानगंगाका लागि बिशाल राना र सन्तु दगंोरियाले ३–३ गोल गरे भने मिलन राना र राजेश रोकाले १–१ गोल गरेका खेल संयोजक दिनेश खड्काले जानकारी दिनुभयो । रुपन्देही जिल्लामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीबीच जारी प्रतियोगितामा २७ समूहले सहभागीता जनाएका छन् । प्रतियोगिताका विजेताहरुलाई खसी सहित ट्रफी, प्रमाणपत्र तथा मेडल प्रदान गरिने छ ।