काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएकाे छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई र डिजेल र मट्टितेलमा तीन/तीन रुपैयाँ मूल्य बढाएकाे हाे ।
मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १०८ हुनेछ भने डिजेल र मट्टितेल प्रतिलिटर ९० पुगेको छ । खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ ।