सिट बाँडफाँडको विषय आज टुङ्ग्याइने शीर्ष नेताहरूको दाबी

सिट बाँडफाँडको विषय आज टुङ्ग्याइने शीर्ष नेताहरूको दाबी

काठमाडौं । सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूले आगामी निर्वाचनका लागि सिट बाँडफाँडको विषय आज टुङ्ग्याइने दाबी गरेका छन् । कार्यदलको प्रस्तावका आधारमा छलफल हुने नेकपा एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले बताएका छन् । उनका अनुसार हिजोको बैठकमा कार्यदलले गरेका कामकारबाही, सहमतिका बारेमा शीर्ष नेताहरूलाई जानकारी गराइएको थियो । प्रतिनिधि सभाको १ सय ६५ सिटमध्ये कसलाई कति सिट दिने भन्नेमा सरकारमा रहेका दलबीच सहमति हुन सकिरहेको छैन ।