सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा

सन्दीप लामिछाने अध्यागमन विभागको कालोसूचीमा

काठमाडौं, २६ भदौ।बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ।

विभागले १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका लामिछानेलाई नेपाल आउनासाथ पक्राउ गर्ने गरी कालो सूचीमा राखेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी श्‍याम ज्ञवालीले जानकारी दिए । ज्ञवालीले सन्दीप नेपाल फर्किएपछि अध्यागमनले कालोसूचीमा रहेका कारण प्रहरीलाई खबर गर्न सक्ने बताए ।‘कालो सूचीमा रहेको देखिएपछि अध्यागमनले प्रहरीलाई खबर गर्न सक्छ’, उनले भने ।

२३ भदौमा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिइसकेको छ । हाल लामिछाने देश बाहिर रहेका छन् ।