शान्ति नमुनामा अभिभावक भेला

शान्ति नमुनामा अभिभावक भेला

तिलोत्तमा, भदौ २४ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आज शुक्रबार अभिभावक भेला गरिएको छ ।

कक्षा ९ मा अध्ययनरत बालबालिकाका अभिभावकहरुको लागि आयोजित कार्यक्रममा अभिभावकहरुले पूरा गर्नुपर्ने दायित्व, बाल मनोविज्ञान तथा उनीहरुलाई गर्नुपर्ने प्रेरणाका सम्बन्धमा छलफल गरिएको थियो ।कार्यक्रममा विद्यालयका नेपाली माध्यम संयोजक लोकनाथ कंडेल, अङ्ज्रेजी माध्यम संयोजक दिपेन्द्र शाक्य, कक्षा १० का संयोजक शेखर पौडेल, कक्षा ९ का संयोजक रजनी के.सी.ले अभिभावकहरुले राख्नुभएको जिज्ञासा समाधान गर्दै विद्यालयका गतिविधिहरुका बारेमा जानकारी गराउनुभएको थियो ।

विद्यालयका सह–प्रधानाध्यापक किशोर कुमार खनालको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण शिक्षक दिनेश खड्काले गर्नुभएको थियो ।
कार्यक्रममा कक्षा ९ मा अध्ययनरत ५ सय ८६ जना विद्यार्थीहरुका अभिभावहकहरुको सहभागिता रहेको थियो ।