प्रकास, कुलेन्द्र, बिमलराज लगायतले धौलागिरी संगीत उत्सवमा प्रस्तुती दिने

प्रकास, कुलेन्द्र, बिमलराज लगायतले धौलागिरी संगीत उत्सवमा प्रस्तुती दिने

काठमाडौँ। ‘श्रष्टा ,सम्मान र समय हाम्रा आधार हुन्’ भन्ने नारा सहित स्थापित पश्चिम नेपालको धौलागिरी क्षेत्र (जिल्लाहरुः पर्वत, बाग्लुंग, म्याग्दी र मुस्तांग) स्थायि ठेगाना भई राष्ट्रिय रुपमा ख्यातिप्राप्त गरेका कलाकारहरुको साझा संस्था ‘धौलागिरी साँस्कृतिक समिति’को आयोजनामा ‘धौलागिरी संगीत उत्सव एवं दोश्रो धौलागिरी श्रष्टा सम्मान तथा साँस्कृतिक कार्यक्रम’ हुने भएको छ । यहि भदौ २५ गते काठमाडौँको बीजी ब्यांक्वेटमा उक्त कार्यक्रम आयोजना हुँदैछ ।

समितिले विगतमा गरेको धौलागिरी राष्ट्रिय सम्मान, साधना सम्मान, युवा सम्मान सहित यो बर्ष देखि धौलागिरी मैत्री सम्मान अन्तरगत धौलागिरी साहित्य सम्मान,धौलागिरी खेलकुद सम्मान,धौलागिरी पत्रकारीता सम्मान र धौलागिरी सामाजिक सम्मान थप गरी सात विधामा सम्मान गर्ने अध्यक्ष कृष्ण समीप सुबेदीले जानकारी दिए ।

सम्मानित हुनेहरुको नाम भने खुलाईएको छैन । उक्त कार्यक्रममा धौलागिरी क्षेत्रलाई प्रतिनिधित्व गर्ने बिमलराज क्षेत्री, बिष्णु खत्री, कुलेन्द्र बिश्वकर्मा, प्रकाश सपूत, देवी घर्ती, जुना शिरीष लगायतका विभिन्न राष्ट्रिय कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् । कार्यक्रममा धौलागिरीका मौलिक संस्कृती समेटिने विशेष प्रस्तुतीहरु रहनेछन् । बाग्लुङ को ‘नचरी’, म्याग्दीको ‘यानिमाया’, पर्बत पाङको ‘शिव पार्बती भजन’ र मुस्ताङको ‘थकाली नाच’सँगै थालीनाच, सालैजो, नौमती बाजा आदि उक्त कार्यक्रममा प्रमुख आकर्षणको रहेका छन् ।