६ दिन सार्वजनिक विदा

६ दिन सार्वजनिक विदा

निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा मंसिर ४ गतेदेखि विद्यालय बन्द गर्न सरकारलाई निर्देशन दिएको छ । १० गते चुनाव हुने ३१ जिल्लामा ४ गतेदेखि विद्यालयहरुमा विदा दिन आयोगले निर्देशन दिएको हो ।आयोगका अनुसार विद्यालय भवन तथा कम्पाउण्डहरुमा मतदान केन्द्र राखिएको छ । साथै २१ गते निर्वाचन हुने जिल्लाहरुमा मंसिर १५ गतेबाट विदा दिन भनिएको छ ।