

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरण प्रक्रियाप्रति आशावादी समुदायले गएको लेनिन जयन्ती एवं कम्युनिष्ट पार्टी स्थापना दिवसले पनि उत्साहको खबर सञ्चार गर्न सकेन । यो खबर आजको दृष्टि साप्ताहिकबाट लिएका हौं ।
त्यसपछिका दिनमा विकसित घटनाक्रमबाट पनि पार्टी एकता पक्षधर पंक्तिमा आशा जगाउने स्थित छैन ।
अब कतै यी दुई दल झन टाढिने पो हुन् कि भन्ने चिन्ता कार्यकर्ता पंक्तिमा छाएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब मिति नतोकी ड्याम्मै एकताको घोषणा गर्ने उद्घोषले एकता अन्योलमा परेको छ ।
दुई पार्टी एकताका सम्पूर्ण प्रक्रिया टुंगिसकेको अवस्थामा एकता गर्न प्रचण्डलाई के कुराले छेक्यो भन्ने प्रश्न पनि उठेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डको वान टु वान वा हरेक बैठकमा प्रचण्ड सहमतिमा पुगे पनि बैठकबाट बाहिरिने वित्तिकै अन्यौंल खडा भएको हो ।