

भैरहवा । २५६२ औँ बुद्ध जयन्तीको पूर्व सन्ध्यामा शान्तिका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा गरिएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन दशबुँदे लुम्बिनी घोषणा पत्र २०१८ जारी गर्दै सम्पन्न भएको छ । २ दिनसम्म चलेको सम्मेलनले लुम्बिनीलाई गौतम बुद्धको जन्मस्थल र बुद्ध धर्म विश्वशान्तिको मुहानको रूपमा स्वीकार गर्ने लगायत निर्णय गर्दै सम्पन्न भएको हो ।
२३ देशका अन्तर्राष्ट्रिय सहभागीहरू, नेपाल सरकार तथा लुम्बिनी विकास कोषले आयोजना गरेको २५६२ औँ बुद्धजयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा विगतमा भएका उपलब्धिहरूलाई समेट्दै लुम्बिनी गौतब बुद्धको जन्मस्थल र बुद्ध धर्म र विश्व शान्तिको मुहानलाई स्वीकार्दै प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन् ।
हेर्नुहोस् १० बुँदे लुम्बिनी घोषणा पत्र २०१८
१. सन् २०१६मा घोषणा गरिएको लुम्बिनी घोषणापत्रमा उल्लिखित लुम्बिनी नेपाललाई भगवान् बुद्धको जन्मस्थल र बौद्धधर्म र विश्वशान्तिको मुहानलाई विश्वरुपमा प्रवर्द्धन गर्ने ।
२. केन्जो टांगेद्धारा डिजाइन गरिएको लम्बिनी गुरुयोजनालाई शान्ति र मावनताको विश्वकेन्द्रको रूपमा सम्पन्न गर्ने ।
३. अन्तरआस्था, सम्वादको प्रवर्द्धन गर्न र विश्व बौद्ध समुदायलाई एकीकृत गर्न, एसियामा बढ्दो जातीय हिंसा र यसलाई बौद्ध मार्गबाट समाधान गर्नको निम्ति एक भई काम गर्ने ।
४. लुम्बिनीमा शान्ति र द्धन्द्धको निरूपणको लागि अन्तराष्टिय केन्द्र स्थापना गर्ने ।
५. लुम्बिनीलाई एसियाको वृहत्तर तीथस्थलको सर्किटको रूपमा स्थापना गरी भारतको बोधगया, सारनाथ, कुशीनगर र श्रीलंका म्यानमार, बङ्गलादेश, चीन र पाकिस्ताको बौद्ध सम्पदाहरूलाई प्रवर्द्धन गर्ने ।
६. वृहत्तर लुम्बिनीको पुरातात्वीक, सांस्कृतिक र प्राकृतिक सम्पदाहरूलाई एकीकृतरुपमा व्यवस्थापन गरी संरक्षण गर्ने ।
७. बृहत्तर लम्बिनीको वातावरणको संरक्षण गर्न र सबै किसिमका प्रदूषणको स्रोतको अनुगमन र नियन्त्रण गर्ने ।
८. कपिलबस्तु (बुद्ध र शाक्यको मातृभूमि), देवदह (महारानी मायादेवीको माइतीघर), रामग्राम (बुद्धको अस्तुधातुभएको स्थल) हरेको बृहत् महत्त्वलाई हृदयङ्गम गर्दै सबै बौद्धमार्गी र संसारका शान्तिप्रिय जनतालाई बुद्धिष्ट सर्किट अन्तर्गतको रूपमा एकीकृत बृहद लुम्बिनी गुरु योजनाको रूपमा निर्माण गर्ने ।
९. बौद्ध शिक्षाको लागि लुम्बिनीलाई विश्व केन्द्रको रूपमा विकास गर्ने ।
१०. लुम्बिनी घोषणापत्र २०१६ लाई कार्यान्वयन गर्दै विश्व बौद्धिष्ट मञ्चको स्थापना गरी बुद्ध परम्पराहरूको सञ्जालको लागि शुभारम्भ गर्ने ।